दफा ६१
लेखा र लेखापरीक्षण
(१) बोर्डको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ।

(२) बोर्डले तोकिए बमोजिम आय-व्ययको आन्तरिक लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण गर्नु, गराउनु पर्नेछ।

(३) बोर्डको आय-व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।

(४) मन्त्रालयले चाहेमा बोर्डको आय-व्ययको लेखा तथाँ सोसँग सम्बन्धित कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ।